राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धि (कोप २६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने विश्व नेताहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार लण्डन आइपुगेका छन् ।
लण्ड हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका देउवालाई स्वागत गर्न सर्वदलीय संसदीय समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनालले स्वागत गरे ।
आजै शनिवार प्रधानमन्त्रीले सर्वदलीय संसदीय समूह र नेपाल बेलायत व्यापार तथा लगानी मञ्चले लन्डनमा आयोजना गर्ने कार्यक्रममा भाग लिने छन् ।
देउवाले बेलायत नेपाली समाज, गैरआवासीय नेपाली संघ र नेपाली समुदायका प्रतिनिधिसँग भेट्ने कार्यक्रम छ । जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङकाअनुसार उनले आजै नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई सम्बोधन गर्ने छन् ।
उनले भोलि आइतवार तारिख नेपाली डायस्पोरा र बेलायती संसदका ब्रिटिस गोर्खा संस्थाका प्रतिनिधिलाई पनि भेट्ने कार्यक्रम छ ।
१ नोभेम्बरमा प्रधानमन्त्री देउवा कोप २६ सम्मेलनमा भाग लिनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।