राष्ट्रसंघका निकायले अफगानिस्तानबाट नेपालीलाई फर्किन दिएनन्, भने– जोखिम भए सबैलाई सुरक्षित नेपाल फिर्तीको प्रबन्ध मिलाउँछौँ

परराष्ट्र मन्त्रालयले अब अफगानिस्तानबाट उद्धार गरी ल्याउन त्यहाँ रहेका संयुक्त राष्ट्रसंघको नियोग तथा कार्यलयमा कार्यरत नेपालीमात्र रहेको बताएको छ । 

आज अफगानिस्तानबाट थप ३२ जना नेपाली कामदारलाई उद्धार गरी काठमाडौं ल्याएपछि परराष्ट्रले उक्त जानकारी दिएको हो । 

आफू मातहत कार्यरत नेपालीहरु सुरक्षित रहेको जनाउँदै राष्ट्रसंघका नियोग तथा कार्यालयहरूले नेपाली कामदारको आवश्यकता महसुश गरी पठान नमानेका हुन् । 

‘अब अफगानिस्तानमा त्यहाँस्थित संयुक्त राष्ट्रसंघको नियोग तथा कार्यालयहरूमा अति आवश्यक कार्यहरुमा संलग्न केही नेपालीहरु मात्र रहनु भएको छ,’ परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्रसंघका निकायहरुले अति आवश्यक मानवीय तथा विकास सम्बन्धी कार्य जारी रहने व्यहोरा जनाउदै संयुक्त राष्ट्रसंघमा कार्यरत नेपालीहरुको सुरक्षामा कुनै जोखिम भएमा सबैलाई सुरक्षितरुपमा नेपाल फिर्तीको प्रबन्ध मिलाइने जानकारी दिएका छन् ।’ 

तालिबान लडाकुले अफगानिस्तान कब्जा गरेपछि त्यहाँ रहेका आफ्ना नागरिकलाई प्रायः सबै देशले उद्धार गरी लगिसकेका छन् । 

नेपालले पनि बिभिन्न देशका नियोगहरूसँगको समन्वयमा अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्दै आइरहेको छ । हालसम्म नेपालले ९४० नेपालीलाई उद्धार गरी अफगानिस्तानबाट स्वदेश फर्काएको छ । 





  • प्रकाशित मिति : कात्तिक १३, २०७८ शनिबार १५:५०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया