बलिउडमा डेब्यु गर्दै डेनी डेन्जोङ्पाका छोरा

नेपाली मूलका भारतीय अभिनेता डेनी डेन्जोङ्पाका छोरा रिनजिङ डेन्जोङ्पा बलिउडमा डेब्यु गर्ने भएका छन् । उनको डेब्यु फिल्म ‘स्क्वाड’ ओटिटी प्लेटफर्म जी फाइभमा कात्तिक २६ गते रिलिज हुने भएको छ । 

फिल्ममा रिनजिङलाई एक्सन अवतारमा दर्शकले देख्न पाउने छन् । बलिउड फिल्मसँगै नेपाली फिल्ममा समेत अभिनय गरेका डेनी छोराको डेब्युबाट उत्साहित छन् ।

उनले भारतीय मिडियालाई संक्षिप्त प्रतिक्रिया दिँदै छोरा अभिनयमा आएकोमा खुसी व्यक्त गरे । ‘मेरो इच्छा थियो, छोरा अभिनयमा ओस भन्ने । उनी आफैँमा लगाव बढेर अभिनयमा आएको हुन् । उनलाई शुभकामना छ,’ डेनीले भने । 

राष्ट्रभक्तिको विषय समेटिएको फिल्ममा रिनजिङ र मालविका राज, पूजा बत्रालगायतको अभिनय रहेको छ । निलेश सहायको निर्देशन रहेको फिल्म एक्सन विधामा रहेर तयार गरिएको छ । 

फिल्मको एक्सनका लागि विदेशी फिल्म ‘म्याड म्याक्स फुरी’का स्टन्ट कोअर्डिनेटर कायर बेकले स्टन्ट डिजाइन गरेका हुन् । निर्देशक निलेशले ‘स्क्वाड’ भारतको एक्सन फिल्ममा कोसेढुंगा हुने पनि दाबी गरेका छन् ।  





  • प्रकाशित मिति : कात्तिक १३, २०७८ शनिबार १८:१७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया