पराजुली र बुढाथोकीको समूहले पायो दोहोरी च्याम्पियनको उपाधि

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको लोकदोहोरी गीतको रियालिटी सो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले जितेको छ ।

शनिबार पोखरामा भएको फाइनलमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई हराएर पराजुली र बुढाथोकीको समूहले उपाधि जितेको हो ।

उपाधि विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । दोस्रो भएको बालचन्द्र बराल र शोभा कार्कीको समूहले १० लाख रुपैयाँ पुरस्कार पाएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विजेतालाई पुरस्कार हस्तान्तरण गरे । 





  • प्रकाशित मिति : कात्तिक १३, २०७८ शनिबार २०:४६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया