‘जानकी लीला’ प्रदर्शन गर्न मिनापका कलाकारहरू अयोध्या प्रस्थान

भारतको अयोध्यामा हुने अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रममा सहभागी हुन जनकपुरधामस्थित मिथिला नाट्य कला परिषद् (मिनाप)का कलाकारहरू आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् । 

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले उनीहरूलाई बिदाइ गरेका हुन् । 

कलाकारहरूको बिदाइ कार्यक्रममा बोल्दै वरिष्ठ नेता महतोले नेपाल भारतको सम्बन्धलाई बलियो बनाउनका लागि कलाकारको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले नेपाल भारतको संस्कृतिले नै एक अर्का देशबीचको सम्बन्धलाई बलियो बनाउने कार्य गरिरहेको जिकिर गरे । 

महतोले राम र सीताबीचको सम्बन्ध रामायणकालीन भएकै कारण आफूहरू नेपाल र  भारत बीचको सम्बन्धलाई बेटीरोटीको सम्बन्ध बताउँदै आएको र सांस्कृतिक विकास तथा आदानप्रदानबाट यसको विकास झनै हुने दावी समेत गरे । 

महतोले सीताबिना सम्पूर्ण रामायण नै अपुरो रहेको र रामायणले नै नेपाल भारतको सम्बन्धलाई जोड्नमा सेतुको काम गरेको बताए ।

मिथिलाको कलाक्षेत्र पौराणिककालदेखि नै उन्नत रहेको भन्दै उनले यसको विकासमा आफ्नो तर्फबाट हुने सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । 



मिनापका कलाकारहरूको टोली भगवान रामको जन्मस्थल भारतको अयोध्यामा उत्तर प्रदेश सरकारद्वारा आयोजित दीपोत्सव कार्यक्रममा माता जानकीको गाथा ‘जानकी लीला’ प्रदर्शन गर्न त्यसतर्फ प्रस्थान गरेको हो ।
 
दीपोत्सवमा पाँच देशका टोलीमध्ये नेपालको मिनापले मात्र ‘जानकी लीला’ प्रदर्शन गर्नेछ ।
 



  • प्रकाशित मिति : कात्तिक १४, २०७८ आइतबार १२:२८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया