भारतविरुद्ध जितको निरन्तरता दिने सोचमा न्युजिल्यान्ड

टि-२० विश्वकपमा आइतबार न्युजिल्यान्डले भारतको सामना गर्दैछ । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार राति पौने आठ बजे सुरु हुनेछ ।
 
एक अर्काविरुद्ध मैदान उत्रिँदा दुवै टोली पहिलो जित निकाल्ने दाउमा हुनेछन् । भारत र न्युजिल्यान्डले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग क्रमश १० र ५ विकेटको पराजय बेहोरेका थिए ।

न्युजिल्यान्ड भारतविरुद्ध मैदान उत्रिँदा आफ्नो विजयी यात्रालाई कायम गर्ने प्रयासमा हुनेछ । उसले १८ वर्षयता आइसिसीका कुनै पनि प्रतियोगितामा भारतसँग हारको सामना गर्नु परेको छैन।

उसले सन् २००३ को एकदिवसीय विश्वकपमा ७ विकेटको हार बेहोरेयता आइसिसीका प्रतियोगितामा ४ खेल खेल्दा सबैमा जित हात पारेको छ ।

सन् २००३ यता न्युजिल्यान्डले टि-२० विश्वकपका २, एकदिवसीय विश्वकप र टेस्ट च्याम्पियनसिपका १-१ खेलमा जित हात पारेको छ ।

न्युजिल्यान्डले सन् २००७ तथा २०१६ को टि-२० विश्वकपमा क्रमश १० र ४७ रनको जित हात पारेको थियो ।
 
सन् २०१९ को एकदिवसीय विश्वकपको सेमिफाइनलमा १८ रनको जित हार पारेको न्युजिल्यान्ड यही वर्ष भएको टेस्ट च्याम्पियनसिपको फाइनलमा ८ विकेटले विजयी भएको थियो ।

भारत पनि न्युजिल्यान्डविरुद्ध १८ वर्ष देखिको जितको खडेरी तोड्ने योजनामा हुनेछ । 
 





  • प्रकाशित मिति : कात्तिक १४, २०७८ आइतबार १३:२२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया