कात्तिक २६ देखि ‘द भ्वाइस अफ किड्स नेपाल’ को प्रसारण

गायन रियालिटी सो ‘द भ्वाइस किड्स नेपाल’ ले प्रसारण सुरु गर्ने भएको छ । यो सो यही कात्तिक २६ गतेबाट प्रसारणमा आउन लागेको हो ।

‘द भ्वाइस अफ किड्स नेपाल’ हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ । 

‘द भ्वाइस अफ किड्स नेपाल’का शृंखला साताका दुई दिन प्रसारण हुनेछन् । शुक्रबार र शनिबार राति ८ बजेपछि प्रसारण हुने ‘सो’का बारेमा फेसबुकमार्फत जानकारी गराइएको छ ।  

बाल गायक÷गायिकाले सहभागिता जनाउने यो कार्यक्रमको ब्लाइन्ड अडिसनको छायांकन सकिएको छ । 

‘द भ्वाइस अफ किड्स नेपाल’मा राजु लामा, प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार निर्णायकका रूपमा छन् । ‘द भ्वाइस अफ किड्स नेपाल’ लक्ष्मण पौडेलले निर्देशन गरिरहेका छन् । 





  • प्रकाशित मिति : कात्तिक १४, २०७८ आइतबार १५:४९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया