कर्णाली प्रदेश : मन्त्रिपरिषद् बैठक बस्दै, मुख्यमन्त्री शाहीले राजीनामा दिन सक्ने

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक सोमबार ५ बजे बस्ने भएको छ । 

गत ३ वैशाखमा विश्वासको मत लिँदा कांग्रेससँग ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सहमति गरेका थिए । सोही सहमतिअनुसार राजीनामा आउन सक्ने स्रोत बताएको छ । 

मुख्यमन्त्री शाहीका राजनीतिक सल्लाहकार भीमप्रसाद शर्माले कांग्रेसले सहमति कार्यान्वयन गर्न जोड दिएको र केन्द्रीय सत्ता गठबन्धनको कुनै निर्देशन नआएको अहिले एकिन भन्न नसकिने बताए । 

कर्णाली प्रदेश सरकारको आज साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बस्ने र मुख्यमन्त्री शाहीको राजीनामा आउन सक्ने स्रोतले जानकारी दिएको छ ।

कांग्रेसबाट जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने चर्चा छ । 





  • प्रकाशित मिति : कात्तिक १५, २०७८ साेमबार १५:५५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया