‘फुलन्देकी आमा’का कारण बन्द हुने भयो ‘मुन्द्रेको कमेडी क्लब’

नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ आगामी सातादेखि बन्द हुने भएको छ । हास्यकलाकार जितु नेपालले डेढ वर्षअघिदेखि सञ्चालन गर्दै आएको उक्त कार्यक्रम आगामी साता प्रसारण भएपछि बन्द हुने भएको हो । 

कमेडी सोमा ‘फुलन्देकी आमा’ बनेर चर्चामा आएका कलाकार उमेश राईले सोही गेटअप र नाममा अर्को रियालिटी सोको होस्ट गर्ने पक्का गरेका कारण उक्त सो बनद हुने भएको हो । 

राईले डान्स रियालिटी सो ‘डान्स च्याम्पियनसिप’को होस्ट गर्दै छन् । उक्त सोलाई प्रायोजन गर्दै आएको कि एडभरटाइजिङले उमेश अर्को सोमा पनि उही गेटअपमा देखिँदा समस्या नहुने बताएपछि सो बन्द गर्न लागेको जितुको भनाइ छ । 





  • प्रकाशित मिति : कात्तिक १५, २०७८ साेमबार १७:५८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया