मुख्यमन्त्री शाहीले दिए राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा गरेका छन् । मुख्यमन्त्री शाहीले ​सत्ता साझेदार नेपाली का‌ंग्रेससँगको आलोपालो सरकार चलाउने सहमति पालना गर्दै राजीनामा दिएका हुन् । 

तत्कालीन नेकपा विभाजनपछि सत्ता संकटमा परेका माओवादीका शाही र कांग्रेसबीच आलोपालो नेतृत्वको सहमति भएको थियो । जसअनुसार पहिलो ६ महिना शाही र बाँकी समय कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी थियो।

सोमबार कर्णालीवासीको नाममा सम्बोधन गर्दै शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । गठबन्धन फेरबदलका क्रममा भएको सहमतिअनुसार आफूले इमानको राजनीति प्रस्तुत गर्दै कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न लागेको शाहीले सम्बोधनका क्रममा बताए ।

 





  • प्रकाशित मिति : कात्तिक १५, २०७८ साेमबार १९:३२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया