यस्तो देखियो नेपाली निर्देशकको बलिउड चलचित्र

नेपाली निर्देशक अनुप थापाको लेखन तथा निर्दशन रहेको बलिउड चलचित्र ‘ये मर्द बिचरा’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र नोभेम्बर १९ देखि भारतसहित अन्य केही देशमा चलचित्र रिलिज हुँदैछ ।

आफ्नो निर्देशन रहेको बलिउड चलचित्रलाई लिएर उत्साहित रहेको निर्देशक थापा बताउँछन् ।  चलचित्रले पुरुष पात्रको समस्यालाई रमाइलो शैलीमा देखाउन खोजेको छ । 

कमेडी शैलीको चलचित्रमा वीरज राव, मनुकृति पह्वा, मनिक्क चौधरी, सीमा पह्वा, ब्रिजेन्द्र कलालगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । 

यस्तै शिवम अग्रवाल निर्माता रहेको चलचित्रमा शकिल ए खानको छायांकन, सुन्दर पठुरीको सम्पादन, गौरवको भीएफएक्स, मजोजको कलर, गीतान्जली भारतीको कस्टम डिजाइन देख्न सकिन्छ। चलचित्रलाई टुइडिएट म्युजिकले बजारमा ल्याउँदै छ ।

 





  • प्रकाशित मिति : कात्तिक १६, २०७८ मंगलबार ११:४७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया