प्रदेश १ : गठबन्धनले टुङ्ग्यायो मन्त्रीको नाम (नामसहित) ?

प्रदेश १ मा मुख्यमन्त्रीको रुपमा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई नियुक्त भएका छन् ।

उनलाई संविधानको धारा १६८ उपधार २ बमोजिम प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । केहि बेरमा उनलाई पद तथा गोपनीयताको सपथ खुवाउने तयारी भएको छ  । 

भिम आचार्यले हिजो राजीनामा दिएपछि राईलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । प्रदेश सभामा रहेका ४९ जना सदस्यले हस्ताक्षर गरेर हिजो नै मुख्यमन्त्रीको रुपमा राईको दावी पेश गरेका थिए । 

यसैगरि कांग्रेसका तर्फबाट केदार कार्कीले आन्तरिक मामिला मन्त्रीको रुपमा सपथ लिने भएका छन् । 

कार्कीको नेतृत्वमा कांग्रेस प्रदेश १ सरकारमा गएको हो । दलका उप नेता हिमाल कार्कीको नेतृत्वमा सरकारमा जाने की केदार कार्कीको नेतृत्वमा सरकारमा जाने भनेर कांग्रेसले टुंगो लगाउन सकेको थिएन । 

दिनभरीको रस्साकस्सीका बिचमा कांग्रेसले केदार कार्कीको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो । 



विराटनगर स्थित परपलहेज रिर्सोटमा भएको गठबन्धनको बैठकपछि भौतिक मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय कांग्रेसलाई दिने सहमति भएको छ । कांग्रेसका तर्फबाट हिमाल कार्की भौतिक पुर्वाधार विकास मन्त्री बन्ने छन् । 

यस्तै माओवादी केन्द्रको भागमा भने आर्थिक मामिला मन्त्रालय परेको छ । आर्थिक मामिला मन्त्रीको रुपमा इन्द्र आंवोले सपथ खाने छन् । 



यस्तै जसपाको भागमा सामाजिक विकास मन्त्रालय परेको छ   । जसपाका तर्फबाट जयराम यादब मन्त्री बन्ने छन् । गठबन्धनमा रहेको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट विष्णु तुम्वाहाम्फे समाजिक विकास राज्यमन्त्री बन्ने पक्का भएको छ । 

आफू राज्यमन्त्रीको सपथ खान प्रदेश प्रमुखको कार्यालयमा  जाँदै गरेको तुम्वाहाम्फेले जानकारी दिइन् ।

  • प्रकाशित मिति : कात्तिक १६, २०७८ मंगलबार १६:३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया