प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका समकक्षी नरेन्द्र मोदीबीच स्कटल्याण्डको ग्लास्गोमा आज भेटवार्ता भएको छ ।
जलवायु सम्बन्धी सम्मेलन कोप–२६ मा सहभागी हुने क्रममा उनीहरुबीच भेटवार्ता भएको हो । देउवा पाँचौं पटक प्रधानमन्त्री भएपछि आज पहिलो पटक भारतीय समकक्षीसँग भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तामा दुई देशका प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र सहयोगका सबै आयामहरूमा छलफल भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।