प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता
तस्बिर : भारतीय विदेश मन्त्रालय

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच स्कटल्याण्डको ग्लास्गोमा साइडलाइन वार्ता भएको छ ।

मंगलबार भएको भेटवार्तामा द्विपक्षीय घनिष्ठ सम्बन्धलाई अझै मजबुत बनाउने विषयमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

देउवा प्रधानमन्त्री भएपछि मोदीसँग पहिलो औपचारिक भेटवार्ता भएको हो । सोमबार ग्लास्गोमै रात्रिभोजमा दुई नेताबीच जम्काभेट भएको थियो ।

आजको भेटमा जलवायु परिवर्तनको असर र कोभिड–१९ महामारीबारे पनि छलफल भएको बताइएको छ । महामारीविरुद्ध मिलेर काम गर्ने संकल्प दुबै नेताले गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अधिकारीले भेटमा दुबै प्रधानमन्त्रीको भ्रमणका विषयमा पनि भएको जनाएका छन् । पहिले मोदी नेपाल आउने र त्यसलगत्तै देउवा भारत भ्रमणमा जाने विषयमा छलफल भएको बताइएको छ ।





  • प्रकाशित मिति : कात्तिक १६, २०७८ मंगलबार १७:२०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया