काबुलको सैनिक अस्पतालमा आक्रमण हुँदा कम्तीमा २० जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा भएको बिस्फोट र आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । बन्दुकधारीहरूले काबुलस्थित एउटा सैनिक अस्पतालमा गराएको बिस्फोट र आक्रमणमा अन्य १६ जना घाइते भएका छन् । 

काबुलको सर्दार दाउद खान अस्पतालबाहिर बिस्फोट गराएपछि बन्दुकधारीहरू अस्पताल परिसरमा प्रवेश गरेका थिए । 

अतिवादी मुस्लिम समूह इस्लामिक स्टेटसँग आबद्ध आइएस-केले आक्रमणको जिम्मा लिएको छ ।  बिस्फोटपछि घटनास्थलमा धुँवाको मुस्लो निस्किएको एउटा भिडियो फुटेजमा देख्न सकिन्छ । 

आक्रमणपछि आफू भागेर अस्पतालको कुनामा गएर ज्यान जोगाएको सो अस्पतालका डा. शहिद अहदले बताए । दुईवटा बिस्फोटमध्ये एउटा बिस्फोट आत्मघाती भएको उनले जानकारी दिए । 

१५ अगस्टमा तालिवानले राजधानी काबुल कब्जा गरेपछि आइएसले हिंसात्मक हमला गर्दै आएको छ । 

-एजेन्सीकाे सहयाेगमा न्युज कारखाना





  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार ७:२५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया