तिहारमा गाउँ फर्कनेलाई काठमाडौंको चार चोकमा कोरोना खोप लगाइँदै

तिहार मनाउन गाउँ फर्किनेहरूलाई धमाधम कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ । 

सरकारले तिहार तथा छठ मनाउन काठमाडौं उपत्यकाबाट गाउँ फर्किने नागरिकहरुलाई उपत्यकाका विभिन्न स्थानहरूबाट कोरोनाविरुद्धको खोप लगाइरहेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तिहार र छठ मनाउन गाउँ फर्किनेहरूलाई काठमाडौं उपत्यकाको बल्खु, कोटेश्वर, गोंगबु र कलंकी चोकमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भइरहको छ । 

आम नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन दिएको खबर सञ्चारमाध्यमबाट सुनेपछि कोरोनाविरुद्धको खोप लगाउन आएको सर्वसाधारणहरूले बताएका छन् । 

सर्वसाधारणहरूले सरकारले गरेको यो कार्यक्रम उचित रहेको प्रतिक्रिया दिएका छन् । उनीहरुले कोरोनाविरुद्धको खोप लगाउन पाउँदा आफूले सुरक्षित महशुस गरेको बताए । 

मन्त्रालयका अनुसार दुई दिनसम्म सञ्चालन हुने खोप अभियान बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म हुनेछ । मंगलबारबाट शुरु भएको खोप अभियान नागरिकले आफ्नो परिचयपत्र देखाएर लगाउन सक्नेछन् । 





  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार १२:४०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया