प्रदेश २ नीति तथा योजना आयोगले वार्षिक प्रतिवेदन सरकारलाई बुझायो

प्रदेश नम्बर २ को नीति तथा योजना आयोगले आर्थिक वर्ष २०७७–०७८ को वार्षिक प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । आयोगका उपाध्यक्ष प्राध्यापक डा. भोगेन्द्र झाले मुख्यमन्त्री लालबाबु राउतलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन् । 

आयोगले गत आर्थिक वर्षमा गरेका कामको विवरण समेट्दै ६० पृष्ठको प्रतिवेदन तयार पारेको छ । आयोगले आफ्नो प्रतिवेदनमा गत आर्थिक वर्षको गतिविधि समेटेको छ । 

उपलब्धिमा प्रदेश सरकारको नीति तथा कार्यक्रम, विषयगत मन्त्रालयको बजेट सीमा निर्धारण र मार्गदर्शन, मध्यमकालीन खर्च संरचना, दिगो विकासका लक्ष्यको मार्गचित्रलगायत उल्लेख रहेको उपाध्यक्ष डा.झाले जानकारी दिए ।

यसैगरी, प्रदेशको जनसांख्यिक अवस्था, प्रोफाइल निर्माण, प्रदेश अनुगमन तथा मूल्यांकन दीग्दर्शन, प्रदेश योजना तथा कार्यक्रम दीग्दर्शन निर्माणलगायतका विषयवस्तुसमेत समेटिएको उनले बताए । 

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, आयोगका पदाधिकारी तथा कर्मचारी र मुख्यमन्त्रीको सचिवालयका कर्मचारीको उपस्थिति थियो ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार १९:१८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया