तिहार र छटको विशेष अवसरमा ग्यापुले आफ्ना ग्राहकहरूको लागि विभिन्न अफरहरू ल्याएको छ । यो तिहारमा ग्यापुबाट सामान खरिद गर्दा ८० प्रतिशत सम्मको छुटदेखि अप्रिलियाको स्कुटर जित्ने मौकासम्मको अफर घोषणा गरेको छ ।
ग्यापु अनलाइन सपिङबाट सामान खरिद गर्दा ग्राहकले छुटसँगै विभिन्न क्यासब्याक अफरहरू प्राप्त गर्न सक्छन् ।
ग्यापुबाट सामान खरिद गरेर एनसिसी बैंकको कार्ड वा स्मार्ट कार्डबाट भुक्तानी गर्दा ५०० रुपैयाँ सम्मको २० प्रतिशत छुट प्राप्त गर्न सकिन्छ भने खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्दा २०० रुपैयाँ सम्मको १० प्रतिशत छुट प्राप्त गर्न सकिन्छ ।
त्यसैगरी फोनपेबाट भुक्तानी गर्दा ‘FONEPAY’ भौचर कोड प्रयोग गर्दा २०० रुपैयाँ सम्मको छुट पाउन सकिन्छ ।
माछापुछ्रे बैंकबाट भुक्तानी गर्दा ५०० रुपैयाँ सम्मको १० प्रतिशत छुट पाउन सकिनेछ भने ग्राहकले एनआईसी एसिया बैंकबाट भुक्तानी गर्दा १५०० रुपैयाँ सम्मको १५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।
त्यस्तै, इसेवाबाट भुक्तानी गर्दा भने २५०० रुपैयाँ सम्मको १०० प्रतिशतसम्मको क्यासब्याक कात्तिक १३ देखि १७ गते सम्मका ग्राहकले पाउनेछन् ।
हिमालय बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट भुक्तानी गर्दा भने ५०० रुपैयाँसम्मको १५ प्रतिशत छुट प्राप्त हुनेछ ।
त्यसैगरी प्रभुपे वालेटबाट भुक्तानी गर्ने ग्राहकमध्ये १० जना भाग्याशाली विजेताले प्रभुपे वालेटमा १०१ रुपैयाँको टपअप हुनेछ भने एकजना भाग्यशाली विजेताले दुईजनाको लागि गोसाइकुण्डमा हेलिकप्टर राइड गर्ने अवसर पाउनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।