बाइडेनलाई देउवाको आश्वासन- एमसिसी पास हुन्छ

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसिसी) नेपालले पास गर्ने बताएका छन् । 

गठबन्धनभित्रकै केही दलहरूमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनमोर्चा भने एमसिसी संशोधनविना पास गर्न नहुने पक्षमा छन् ।

तर, कोप-२६ सम्मेलनमा भाग लिएर फर्किएका प्रधानमन्त्री देउवाले भने आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग संसदबाटै एमसिसी पास हुने बताएका हुन् ।

उनले अमेरिकी राष्ट्रपति जो बाइडेनले एमसिसीबारे प्रश्न पनि गरेको बताए । बाइडेनलाई पास गर्ने कुरा भइरहेको र पत्रकार सम्मेलन गरी पास गरेको सार्वजनिक गर्ने भनेको पनि बताए ।

‘उहाँ (बाइडेन)ले कहिलेसम्म पास हुन्छ एमसिसी ? भन्नुभयो । मैले पास गर्ने कुरा भइरहेको छ । छिट्टै पत्रकार सम्मेलन गरेर पास गरेको सार्वजनिक गर्छौं । साइन गरेर पठाएकै छौं त भनें’,0 देउवाले भने ।

देउवा पहिलेदेखि नै एमसिसीको पक्षमा उभिँदै आएका छन् ।





  • प्रकाशित मिति : कात्तिक १८, २०७८ बिहीबार १०:८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया