लक्ष्मीपूजाको दिन विद्युत सहजै धानिने

तिहारलाई उज्यालोको पर्व मानिन्छ । मानिसहरूले लक्ष्मीपूजाको दिनदेखि घरघरमा उज्यालो बनाउने क्रममा उच्च विद्युत खपत हुने गर्छ । यो वर्षको लक्ष्मीपूजा आज । नेपाल विद्युत प्रधिकरणले आज विद्युतको उच्च माग १५ सय मेगावाट हाराहारीमा रहने प्रक्षेपण गरेको छ । 

आर्थिक गतिविधि बढेका बेलाको उच्च माग नै १६ सय मेगावाट नाघिसकेकाले लक्ष्मीपूजाको दिनको खपत १५ सय मेगावाट मात्र आउने देखिएपछि सहजै धानिने प्राधिकरणको विश्वास छ ।
 
प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले लक्ष्मी पूजाको दिन बढी विद्युत खपत हुने उद्योग धन्दा, कलकारखाना बन्द हुने हुँदा कुलेखानी जलासयलाई भार नदिइकनै उच्च माग व्यवस्थापन गर्न सकिने जानकारी दिए ।

यसअघि गत मंगलबार मात्रै विद्युत प्राधिकरणले पत्रकार सम्मेलन गरी यो वर्षको लक्ष्मी पूजाको दिनको विद्युतको उच्च माग र आपूर्ति व्यवस्थापनबारे जानकारी दिएको हो । लक्ष्मी पूजाको दिनको माग अन्य समयको उच्च  मागभन्दा कम हुने भए पनि अघिल्लो वर्षको तुलनामा भने बढ्ने उनले बताए । अघिल्लो वर्षको लक्ष्मी पूजाको दिनको उच्च माग ११ सय ३२ मेगावाट थियो ।





  • प्रकाशित मिति : कात्तिक १८, २०७८ बिहीबार ११:२५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया