राजेश हमाल अब गायक

अभिनेता राजेश हमालले पहिलोपटक गीत गाएका छन् । हमालले गाएको पहिलो गीत ‘मन बुढो भएन’ बोलको गीत बुधबार सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा दीपक शर्माको शब्द संगीत सुन्न सकिन्छ । 

गीतमा नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् । राजेशलाई गायनमा सुवास पुरी र गायिकाद्धय एलिना चौहान र बेनिशा पौडेलले साथ दिएका छन् । 

गीतको म्यूजिक भिडियोमा राजेश आफैंले अभिनय गरेका छन् । देवेन्द्र पाण्डेले निर्देशन गरेको भिडियोमा रेश्मा घिमिरेले जोडी कलाकारका रुपमा साथ दिएकी छन् ।

उत्सव दाहालको छायांकन रहेको भिडियो सम्पादन विकास दाहालले गरेका हुन् । नेपाली चलचित्रमा लागेको ३ दशकपछि हमालले पहिलो पटक गीत गाएका हुन् ।





  • प्रकाशित मिति : कात्तिक १८, २०७८ बिहीबार ११:५८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया