जिल्ला प्रशासन कार्यालय गुल्मीबाट दुई हप्तामा साढे १३ सयले नेपाली नागरिकता लिएका छन् । १ कात्तिकदेखि १६ सम्म मात्र १ हजार ३ सय ३९ जनाले नेपाली नागरिकता लिएका हुन् ।
चार सय ७८ जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको छ । सोही अवधिमा नौ सय ५० लाई राहदानीका लागि सिफारिस गरिएको छ भने चार सय ४७ जनाले राहदानी पाएको जिल्ला प्रशासन कार्यालय गुल्मीका खरिदार डिलबहादुर थापाले जानकारी दिए ।
प्रशासनले दैनिक सरदर ३० देखि ४० नागरिकता प्रदान गरिरहेको छ । एक हजार एक सय ९४ ले राष्ट्रिय परिचयपत्र पाएका छन् ।
जिल्ला प्रशासनमा तीन प्रशासकीय अधिकृतको दरबन्दी रहे पनि उद्धव पन्थी मात्र छन् । बाँकी दुई अधिकृत पद रिक्त छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।