नयाँ चलचित्र ‘राजा’ को निर्देशन गर्दै सुदर्शन, मुख्य भूमिकामा राज कटुवाल

निर्देशक सुदर्शन थापाले नयाँ चलचित्र निर्देशन गर्ने भएका छन् । उनले एक्सनप्रधान चलचित्र  ‘राजा’ को निर्देशन गर्ने भएका हुन् ।  

परशुराम बस्नेतले निर्माण गर्ने चलचित्रमा राज कटुवालको मुख्य भूमिका रहनेछ । निर्देशक थापाका अनुसार अन्य कलाकारको भने छिट्टै टुंगो लाग्नेछ । 

चलचित्रको कथा शिवम् अधिकारीले लेखिरहेका छन् । निर्देशक थापाले लक्ष्मीपूजाको अवसर पारेर चलचित्रको नाम सार्वजनिक गरेका हुन् ।

सुदर्शनले निर्देशन गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको तयारीमा छ । यसअघि सुदर्शनले लभ स्टोरीमा आधारित चलचित्र बनाउँदै आएका थिए । 





  • प्रकाशित मिति : कात्तिक १८, २०७८ बिहीबार १९:८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया