प्रचण्डलक्षित बाबुरामको आरोप :- चुनावी राजनीति गर्नेले कुरा चपाउँछ

पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुरा चपाउने गरेको आरोप लगाएका छन् । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने भन्दै चिठ्ठी लेखेको भन्ने विषयमा भट्टराईले चुनावी राजनीति गर्दै कुरा लगाएको आरोप लगाएका हुन् । 

उनले सामाजिक सञ्जालमार्फत प्रचण्ड लक्षित गरेर लेखेका छन्, 'जिम्मेवार राजनीतिक नेतृत्वले माछा देखे भित्र हात, सर्प देखे बाहिर हात गर्दैन । मुख्य कुरो कुनै पनि विषय देश र जनताको हितमा छ कि छैन भन्ने हो । यदि छ भने राजनेताले जोखिम मोलेर पनि त्यो कार्य गर्छ र जनतालाई सम्झाउँछ । चुनावी राजनीति मात्र गर्ने कुरा चपाउँछ ।' 

प्रधानमन्त्री शेरबहादुर देउवाले आफु र प्रचण्ड दुवै जनाले एमसीसी पास गराउँछौँ भनेर पत्र पठाइसकेको बताएका थिए । प्रधानमन्त्री देउवाको भनाई खण्डन गर्दै प्रचण्डले सम्झौता पारित गर्छौं भनेर चिठी नलेखिएको बताएका थिए । 

ललितपुरको खुमलटारस्थित देउसीभैलो टोलीलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसीका लागि राष्ट्रिय सहमति नबनाइ पारित गर्न नसकिने भन्दै थप समयका लागि चिठी लेखेको बताएका थिए । स्कटल्याण्डको ग्लास्गोमा भएको कोप–२६ मा सहभागी भएर स्वदेश फर्केका प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले बिहीबार प्रचण्ड र आफूले एमसीसी पास गराउँछौँ भनेर अमेरिकालाई पत्र पठाइसकेको बताएका थिए । 

उक्त भनाइपछि प्रचण्डले सबै दलहरूसँग छलफल नगरी, राष्ट्रिय सहमति नबनाइ पारित गर्न नसकिने र त्यसको निम्ति समय चाहिने भन्दै चिठी लेखिएको बताएका हुन् । 

प्रचण्डको उक्त भनाइपछि डा. भट्टराईले कुरा चपाउने काम गरेको बताएका हुन् । 





  • प्रकाशित मिति : कात्तिक १९, २०७८ शुक्रबार १८:२३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया