साउदी राजकुमारले गरे परमाणु रियाक्टर बनाउने घोषणा

काठमाडौं– साउदी अरबले पहिलो परमाणु रियाक्टर बनाउने घोषणा गरेको छ । साउदीका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले सरकारी समाचार एजेन्सीसँग कुरा गर्दै आणविक प्रक्रिया सञ्चालन तथा नियन्त्रणमा प्रयोग हुने उपकरण ‘परमाणु रियाक्टर’  बनाउने बताएका हुन् ।

परमाणु रियाक्टर कस्तो प्रकारको हुने भन्नेबारे भने साउदी प्रेस एजेन्सीले कुनै जानकारी दिएको छैन ।

बिबिसीका अनुसार आगामी दुई दशकमा १६ परमाणु रियाक्टर बनाउने साउदीको योजना छ र यसमा करिब ८० अर्ब डलर खर्च हुने अनुमान छ । तर, यसको प्रयोग केमा गर्ने भन्नेबारे भने स्पष्ट भइसकेको छैन । 

कच्चा तेलको सबैभन्दा बढी निर्यात गर्ने देश साउदी अरबले तीव्र रूपमा बढिरहेको ऊर्जा आवश्यकतालाई हालसम्म तेल र प्राकृतिक ग्यासबाट पूर्ति गर्दै आएको छ ।





  • प्रकाशित मिति : कात्तिक २०, २०७५ मंगलबार १०:२२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया