रातभरिको झरीले
निथ्रुक्क भिजिगयो
खेतभरि पहेंलपुर धानका बालाहरू ।
भत्किगयो स्वास्थ्य चौकी पुग्ने बाटो
खसेर पहाड
एकै पटक पुर्याे कयौं ज्यानहरू
मसानघाट जस्तै
सन्नाटा भरिएको छ गाउँभरि ।
नुनतेल हिँड्ने गोरेटो
बगायो पहिरोले
खेत काटेर उँधै लग्यो खोलाले
छियाछिया पर्याे किसानको छाती
झरीले बस्ती रुझायो
पीरले परेला रुझायो ।
यता राजधानीमा
केही जोकरहरू चुट्किला सुनाइरहेछन् ।
उफ् कस्ताे
जोकरहरूको देश !
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।