सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

सल्यानमा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । 

आइतबार बिहान सल्यानबाट दाङको तुलसीपुरका लागि छुटेको ना २ ख २५५२ नम्बरको यात्रुबाहक बस कपुरकोटको खारखोला नजिकै दुर्घटना हुँदा आठ जनाको मृत्यु हो ।
 
छ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा श्रीनगरमा मृत्यु भएको सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिए ।

घाइतेहरूको उद्धारको काम भइरहेको र मृतकको संख्या बढ्न सक्ने उनले बताए ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक २१, २०७८ आइतबार १३:२१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया