सामसङको तिहार अफर, स्मार्टफोन खरिदमा पैसा फिर्ता

काठमाडौं– सामसङ मोबाइलको नेपालका लागि आधिकारिक विक्रेता आइएमएसले तिहारलाई लक्षित गर्दै क्यास ब्याकको अफर ल्याएको छ । कम्पनीले सामसङका ६ वटा स्मार्ट फोनको खरिदमा आकर्षक क्यास ब्याक अफर ल्याएको हो ।

कम्पनीले सामसङ ग्यालेक्सी ए ६, सामसङ ग्यालेक्सी जे ६ प्लस, सामसङ ग्यालेक्सी जे ७ प्रो, ग्यालेक्सी अन एनएक्सटी (६४जिबी), ग्यालेक्सी जे ४ प्लस र ग्यालेक्सी जे ७ एनएक्सटी (३२ जिबी) मा आकर्षक क्यास ब्याकको अफर ल्याएको हो ।

कम्पनीले सबैभन्दा बढी १० हजार रुपैयाँ फिर्ता सामसङ ग्यालेक्सी ए ६ स्मार्टफोनमा दिएको छ । ३९ हजार ८ सय ९० पर्ने सामसङ ग्यालेक्सी ए ६ स्मार्टफोनको मूल्य तिहारमा २९ हजार ८ सय ९० मात्र पर्ने भएको हो । 

कम्पनीको पैसा फिर्ता योजनाअन्तर्गत ३१ हजार ७ सय ९० पर्ने सामसङ ग्यालेक्सी जे ६ प्लस (६४ जिबी) मा ३ हजार ८ सय तथा २६ हजार ९ सय ९० पर्ने ग्यालेक्सी जे ६ प्लस (३२ जिबी) मा ३ हजार ३ सय रुपैयाँ फिर्ता दिएको छ । 

यस्तै, ३० हजार ९ सय पर्ने सामसङ ग्यालेक्सी जे ७ प्रोमा ५ हजार, २३ हजार ९ सय ९० पर्ने ग्यालेक्सी अन एनएक्सटी (६४जिबी) मा ४ हजार, २३ हजार ४ सय ९० पर्ने ग्यालेक्सी जे ४ प्लसमा ४ हजार १ सय र २० हजार ९ सय ९० पर्ने ग्यालेक्सी जे ७ एनएक्सटी (३२ जिबी) मा २ हजार रुपैयाँ फिर्ता हुनेछ । 
 





  • प्रकाशित मिति : कात्तिक २०, २०७५ मंगलबार १२:३८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया