सल्यान बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो
तीनजनाको पहिचान खुल्यो

सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या  १२ पुगेको छ । 

आइतबार विहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटनाग्रस्त भएको थियो । उक्त बसमा ३० जना यात्रु सवार थिए ।बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा थियो । 

दुर्घटनामा मृत्यु हुनेमा सल्यानको  छत्रेश्चरी गाउँपालिमा-२ का २९ वर्षीय तिलक ओली, दाङको घोराही उपमहानगरको नारायनपुरका ६५ वर्षीया ईन्द्रा अधिकारी, दाङकै बबई गाउँपालिका-६ पन्चकुलेका ७० वर्षीया कलावती बुढाथोकी रहेका छन् । 

तीन जनाको परिचय खुले पनि अन्य नौ जनाको भने परिचय खुल्न बाँकी छ । मृतक १२ जनामध्ये १० महिला दुई पुरुष रहेका छन् । 





  • प्रकाशित मिति : कात्तिक २१, २०७८ आइतबार १५:३९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया