‍चलचित्र ‘सत्यम’का लागि राजेश हमाललाई भेटिएन श्रीमती

अभिनेता राजेश हमालले शीर्ष भूमिकामा अभिनय गर्ने चलचित्र ‘सत्यम’ छायांकनमा निस्कने तयारीमा छ । चलचित्र युनिटले तिहारअघि वर्कसप सकेको छ । छायांकनमा जाने तयारी गरिरहेको यो चलचित्रका लागि कलाकार छान्ने काम पनि चलिरहेको छ ।

चलचित्रमा पछिल्लो समय अभिनेत्री मलिका महत अनुबन्धित भएकी छन् । मलिका अभिनेता पल शाहको प्रेमिकाका रूपमा देखिने छन् । अनुपविक्रम शाही खलपात्र रहने चलचित्रका लागि अझै केही कलाकार फाइनल भइसकेका छैनन् ।

चलचित्रमा राजेश हमालको अपोजिटमा दुई अभिनेत्री चाहिने निर्देशक शंकर कार्कीले जानकारी दिए । ती दुई अभिनेत्रीले प्रेमिका र श्रीमतीको भूमिका निर्वाह गर्ने छन् । चलचित्रमा राजेशकी प्रेमिकाका रूपमा मोडल नीलम चन्दले अभिनय गर्ने भएकी छन् । उनको श्रीमतीको भूमिकामा कस्ले अभिनय गर्ने भन्ने अझै टुंगाे लाग्न सकेको छैन।

हमालकाे श्रीमतीको रूपमा अभिनेत्री निरुता सिंहलाई अफर गरिएको छ । निरुता अफरलाई लिएर सकारात्मक देखिए पनि काम गर्ने नगर्ने टुंगाे भने लागेको छैन । रेशम सापकोटाले निर्माण गर्न लागेको यो चलचित्र राम्रो बनाउन कुनै कसर बाँकी नखाख्ने निर्माता/निर्देशकले बताएका छन् ।
 





  • प्रकाशित मिति : कात्तिक २२, २०७८ साेमबार १४:४६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया