कांग्रेस कैलालीको सभापतिमा प्रकाश बमको उम्मेदवारी

नेपाली कांग्रेस कैलालीका वर्तमान उपसभापति प्रकाश बमले कांग्रेसको आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आगामी मंसिरमा हुने जिल्ला अधिवेशनका लागि बमले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उपसभापति भएपछि कैलालीमा कांग्रेसको गुटगत राजनीति अन्त्य गरेको बताउँदै उनले संगठन सुदृढिकरण गर्दै पार्टीलाई थप बलियो बनाउन सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।

‘हाम्रो मिहिनेतका कारण कैलाली कांग्रेसमा गुटगत राजनीति अन्त्य भएको छ,’ बमले भने, ‘म सभापति भएपछि स्थानीय तहदेखि संघीय निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्नेछ । संगठन सुदृढिकरण गर्न पनि मैले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको हुँ ।’ 

लामो समय कांग्रेसका विभिन्न जिम्मेवारी सम्हाल्दै उपसभापतिसमेत बनिसकेको बताउँदै बमले आगामी महाधिवेशनमा सभापति पदमा लड्ने घोषणा गरेका हुन् । उनले सबै कार्यकर्ताको रोजाइमा आफू नै पर्ने दाबी गरे । 

‘विगत दुई वर्षदेखि मैले सभापतिका लागि तयारी गरेको छु,’ सोमबार पत्रकार सम्मेलन गर्दै उनले भने, ‘त्यसक्रममा सबै पालिका र वडामा म पुगेको छु । सबै क्षेत्रबाट मलाई सहयोग छ ।’



आफ्नो उम्मेदवारीमा जिल्लादेखि केन्द्रको सहयोग रहने विश्वास लिएको उनले बताए । नेपाली कांग्रेस कैलालीको वडा र पालिकास्तरीय अधिवेशनपछि आफ्नो टिम घोषणा गर्ने बमले बताए ।  
 



  • प्रकाशित मिति : कात्तिक २२, २०७८ साेमबार १३:१७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया