कार्यपालिका बैठक बोलाउनुपर्ने माग गर्दै वडाध्यक्षहरूले उपप्रमुखलाई बुझाए ज्ञापन पत्र

जनकपुरधामका १२ वडाध्यक्षहरूले नगर कार्यपालिकाको बैठक बोलाउनुपर्ने माग गर्दै उपप्रमुख रिताकुमारी मिश्रलाई ज्ञापन पत्र बुझाएका छन् ।
 
नगरप्रमुख लालकिशोर साहका कारण जनकपुरधाम उपमहानगरपालिकामा विगत ५ महिनादेखि कार्यपालिकाको बैठक बस्न नसकेको उपमहानगरका वडाध्यक्षहरुको आरोप छ ।
 
नगरकार्यपालिकाको बैठक प्रत्येक महिनाको एकपटक बोलाउनुपर्ने कानुनी व्यवस्था भए पनि उल्लेखित व्यवस्था अनुसार विगत ५ महिनादेखि उपमहानगरपालिकाको कार्यपालिका बैठक नबोलाइएको वडा नम्बर-३ का वडाध्यक्ष दिपेन्द्र साहले बताए ।
 
वडाध्यक्ष शाहले अविलम्ब ७ दिनभित्र कार्यपालिका बैठक बोलाई नगरभित्रको फोहोर व्यवस्थापन समेतको शीर्षक उपर छलफल गराएर कानुन बमोजिम निर्णय गरिदिन माग समेत गरेका छन् । 

आफूहरूको मागलाई बेवास्ता गरिए कानुनी पक्रियाअनुसार थप कदम अगाडि बढाउने चेतावनी समेत उनीहरूले दिएका छन् । 

वडा नम्बर १, ३, ४, ६, ७, ८, ९, ११, १६, २०, २२ र २४ का वडाध्यक्ष र श्यामा झा तथा चंचला देवीलगायत दुईजना कार्यपालिका सदस्यले उपप्रमुख मिश्रलाई ज्ञापन पत्र बुझाएका हुन्। 





  • प्रकाशित मिति : कात्तिक २२, २०७८ साेमबार १५:५९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया