मलाइका र अर्जुनको प्रेम अर्जुनको एकाउन्टमा छताछुल्ल

बलिउडका सुपरस्टार कपल मानिन थालिएको छ, अर्जुन कपुर र मलाइका अरोडालाई । सामाजिक सन्जालमा एकअर्काको विषयमा यी दुईले पछिल्लो समय निकै धेरै लेख्न पनि थालेका छन् ।

तर, दुवैले औपचारिक रुपमा आफूहरु प्रेममा रहेको चाहिँ बताउन मानिरहेका छैनन् ।

त्यसो त बलिउडमा समयसमयमा यी दुईले विवाह गर्दैछन् भन्ने चर्चा पनि चलिरहेको हुन्छ । अब अहिले चाहिँ अर्जुन कपुरले राखेको एउटा तस्वीर व्यापक चर्चामा आएको छ । सामाजिक सन्जालमा उनले यो तस्वीर राखेको धेरै भएको छैन । तर, यसको चर्चा निकै चुलिएको छ ।

त्यसो त यसअघि दीपावलीको अवसरमा उनीहरुको तस्वीर बाहिर आएको थियो जुन निकै चर्चामा थियो ।

अर्जुन कपुरले चाहिँ अहिले आफ्नो तस्वीर आफैं इन्स्टाग्राममा राखेका छन् । उनले मलाइकासँगको तस्वीर राखेर आफ्नो प्रेमलाई छताछुल्ला पारेका हुन् ।





  • प्रकाशित मिति : कात्तिक २२, २०७८ साेमबार १६:२३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया