मुन्द्रेको कमेडी क्लब बन्द भएकाे घाेषणा (भिडियो)

नेपाल टेलिभिजनबाट नियमित प्रसारण हुँदै आएको कमेडी रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ सोमबारदेखि बन्द भएको छ । सो रियालिटी सोका कलाकारउमेश राई (फुलन्देकी आमा) अर्को कार्यक्रममा सोही भूमिकामा गएपछि मुन्द्रेको कमेडी क्लब बन्द गरिएको हो । 

कार्यक्रमका सञ्चालक हास्यकलाकार जितु नेपालले सोमबार एक पत्रकार भेटघाट गर्दै सो बन्द गर्ने घोषणा गरेका हुन् । उनले १ सय ३२ भाग प्रसारणसँगै कार्यक्रम बन्द हुने घोषणा गरे । 

आफू आबद्ध कम्पनीले नै अचानक फुलन्देकी आमालाई लिएर अर्को टेलिभिजन सो गर्ने घोषणा गर्दा छक्क परेको नेपालले बताए । उनले भने, ‘फुलन्देकी आमाविना कार्यक्रम गर्नै नसकिने भन्ने होइन । तर, मैले राम्रो गरिरहेको छु । रोइकराई, रातभर नसुती एपिसोड गरिरहेको छु, विज्ञापन आइरहेका छन् । तर, मेरो तारिफ पाउनुको सट्टा टिममै खटपट देखिएपछि मैले ब्रेक लिने सोचेँ ।’

सो रियालिटी सो कि एभरटाइजमेन्ट एजेन्सीले निर्माण गर्दै आएको थियो । एजेन्सीले आफूसँग सल्लाह नगरी कार्यक्रमको कलाकार निकालेर अर्को टेलिभिजनमा कार्यक्रम बनाएपछि कार्यक्रम बन्द गर्नुपरेको र यसबाट आफूलाई दुःख लागेको उनले बताए ।





  • प्रकाशित मिति : कात्तिक २२, २०७८ साेमबार २१:४५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया