नेपाली कथानक चलचित्र ‘चपली हाइट ३’ को रिलिज डेट तय भएको छ । यो चलचित्र पुस ३ गते अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्रका निर्माता अर्जुन कुमारले जानकारी दिए ।
चलचित्रले २०७६ सालको चैतमा प्रदर्शन मिति लिएको थियो । तर कोरोना महामारीका कारण प्रदर्शन रोकिएको यो चलचित्रको दोस्रो पटक रिलिज डेट सार्वजनिक गरेको हो ।
चलचित्र ‘चपली हाइट’को सिरिज हो । चलचित्रका दुई सिरिजले राम्रै व्यापारिक सफलता हासिल गरेका थिए ।
‘चपली हाइट ३’लाई निकेश खड्काले निर्देशन गरेका हुन । यो चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
सस्पेन्स थ्रीलर कथामा निर्माण भएको यो चलचित्रको टिजर अहिले हलमा बज्न सुरु भएको छ । केहि दिनमा ट्रेलर सार्वजनिक गर्ने निर्माता अर्जुन कुमारले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।