प्रत्युष श्रेष्ठको ‘अल्लारे मन’ सार्वजनिक

धनकुटा पहाडमा बाल्यकालमा बिताएका सम्झनालाई समेटेर गायक प्रत्युष श्रेष्ठले आफ्नो पहिलो म्युजिक भिडियो ‘अल्लारे मन’ सार्वजनिक गरेका छन्।

गीतमा स्वर, शब्द र संगीत स्वयं श्रेष्ठको छ । सुजिल कर्माचार्यको संगीत संयोजन रहेको गीतको भिडियोमा विपना थापा र विकास जोशीले मुख्य भूमिका निर्वाह गरेका छन् ।  

साथै, भिडियोमा एन्जिला रजक, रिजन श्रेष्ठ, पलिस्था श्रेष्ठ र आयुष श्रेष्ठको समेत भिडियोमा अभिनय रहेको छ ।

जावेद खानले छायांकन गरेको भिडियोलाई उज्ज्वल जोशीले सम्पादन गरेका हुन् । छविलाल तामाङ (शिशिर) को निर्देशनमा भिडियो तयार पारिएको हो ।   





  • प्रकाशित मिति : कात्तिक २३, २०७८ मंगलबार १४:१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया