टेस्लाको १० प्रतिशत सेयर बेच्ने मस्कको घोषणा, एकैदिन १५ अर्ब डलर सम्पत्ति घट्यो

टेस्लाका प्रमुख कार्यकारी एलन मस्कले कम्पनीमा रहेको आफ्नो सेयरको १० प्रतिशत हिस्सा बेच्ने भएका छन् । सप्ताहन्तमा गरिएको एक ट्विटर पोलको आधारमा उनले आफ्नो हिस्सा बेच्ने घोषणा गरेका हुन् ।

टेस्लाको १० प्रतिशत हिस्सा बेच्ने उनको घोषणाले सोमबार सुरुआती कारोबारमा कम्पनीको सेयरमा करिब ३० प्रतिशत गिरावट आयो । यो करिब २० बिलियन डलरभन्दा माथि हुन्छ । सेयरमा गिरावट आएपछि मस्कको कूल सम्पत्तिमा एकैदिन (सोमबार) १५.१ बिलियन डलर गुम्यो । उक्त दिन स्टक ४.९२ प्रतिशत गिरावटसहित १,१६२.०० डलरमा बन्द भएको थियो ।

वेडबस सेक्युरिटिजका विश्लेषक ड्यानियल इभेसका अनुसार टेस्लामा मस्कको करिब २३ प्रतिशत हिस्सा छ । संसारकै सबैभन्दा धनी मस्कसँग टेस्लाको सेयरका रुपमा सबैभन्दा बढी सम्पत्ति छ । टेस्लाले उनलाई नगद तलब दिँदैन ।

मस्कले ट्विट गर्दै भनेका छन्, ‘मसँग केवल सेयर छ । त्यसैले मेरा लागि व्यक्तिगत कर भुक्तान गर्ने एकमात्र उपाय यही सेयर बेच्नु हो ।’ 

ट्विटर पोलमा मस्कका फलोअर्ससँग उनले टेस्लाको सेयर बेच्नु हुन्छ कि हुँदैन भनेर सोधिएको थियो । त्यसमा ३.५ मिलियनभन्दा बढी भोट आएको थियो र ५७.९ प्रतिशतले ‘हुन्छ’ भन्ने कोलममा भोट दिएका थिए ।

वालस्ट्रिटका विश्लेषकहरूले मस्कले टेस्लाको पाँच प्रतिशत हिस्सा बेच्ने बताएका थिए । विश्लेषक इभेसले ग्राहकहरुको एक नोटमा लेखे, ‘टेस्लाले घरेलु र विश्व स्तरमा मस्क एन्ड कम्पनीसँग एकखाले इबी साध्ने अवस्थाका कारण अर्को स्तरसम्म जानका लागि पोल गर्ने स्थितिसम्म पुग्यो ।’ 



गत महिना जब कम्पनीले तेस्रो त्रैमासिकको रेकर्डब्रेक लाभांश घोषणा गरेको थियो, तबदेखि शुक्रबारसम्म सेयरमा ४० प्रतिशतभन्दा बढी वृद्धि हुन गएको थियो । गत साता, टेस्लाको सेयर १,२२९,९१ डलर प्रतिसेयर पुगेको थियो । यो अंक सर्वकालिक उच्च स्तरमा पुगेको हो ।

टेस्ला एक ट्रिलियन डलरभन्दा बढी मार्केट क्यापिटलसहित संसारको मूल्यवान् कार निर्माता कम्पनी रहेको छ । ‘बिलिनियर ट्याक्स’ राष्ट्रपति जो बाइडेनको पार्टीका सांसदको योजना हो । यो योजनाले स्वीकृति पाएमा अमेरिकाका अर्बपतिहरूले निकै बढी कर तिर्नुपर्ने छ । यसबाट लगभग सात सय अर्बपति प्रभावित हुनेछन् ।



संसारकै धनी भएका कारण पनि एलन मस्कले त यो योजनाअनुसार निकै बढी ट्याक्स बुझाउनु पर्नेछ । मस्कसँग टेस्लाको २०० अर्ब डलर मूल्यको सेयर रहेको छ । 

  • प्रकाशित मिति : कात्तिक २३, २०७८ मंगलबार १५:११:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया