गत २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९१८ पीसीआर र ८१८ एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा संक्रमितको संख्या ८ लाख १५ हजार ३७२ पुगेको छ ।
त्यस्तै, आज ४८४ स.क्रमणमुक्त भएका छन् । योसहित संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९६ हजार ३०६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट एकजनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल देशमा सक्रिय संक्रमितको संख्या ७ हजार ६१२ रहेको मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।