नेपाल आउँदै कुमार सानु

बलिउडका चर्चित गायक कुमार सानु नेपाल आउने भएका छन् । कुमार सानु नेपाल आएर सांगीतिक कार्यक्रममा सहभागी हुने भएका हुन् ।

यही कार्तिक २७ गते जनकपुरधाममा ‘कुमार सानु लाइभ इन कन्सर्ट’ हुँदैछ । जनकपुरको होटेल राजदरबार र नवरङ रिसोर्टमा आयोजना हुने उक्त कार्यक्रममा कुमार सानुले आफ्नो प्रस्तुति दिने छन् ।

‘कुमार सानु लाइभ इन कन्सर्ट’ मा भारतीय गायक कुमार सानुलाई नेपाली गायक÷गायिका सुगम पोखरेल, पूजा ठकुरी र रोशन पराजुलीले साथ दिनेछन् । 

‘कुमार सानु लाइभ इन कन्सर्ट’मा सहभागिता जनाउन सर्वसाधारणले ५ हजार र ३ हजारको टिकट काट्नु पर्ने छ । 





  • प्रकाशित मिति : कात्तिक २४, २०७८ बुधबार १२:५५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया