प्रमोदले परासीबाट सुरु गरे ‘अमृतम स्विट्स’

अभिनेता प्रमोद अग्रहरीले व्यवसाय सुरु गरेका छन् । उनले परासीमा आफ्नै व्यवसाय सुरु गरेका हुन् । परासीमा प्रमोदले ‘अमृतम स्विट्स’ खोलेका छन् ।

परासीबाट सुरु गरेको स्विट्सको शाखा काठमाडौंमा पनि सञ्चालन गर्ने लक्ष्य रहेको प्रमोदले सुनाए । उनी भन्छन्, ‘कलाकारितासँगै बिजनेस पनि सुरु गरौं भनेर लगानी गरेको छु । आफ्नै घर आँगनबाट सुरु गरको यो बिजनेसको शाखा चाँडै काठमाडौंमा पनि खोल्ने योजना छ ।’

प्रमोदले लगानी गरेको ‘अमृतम स्विट्स’को परासी शाखा उनका दाजुले सम्हाल्नेछन् । पछिल्लो समय स्विट्सको गुणस्तरका बारेमा विभिन्न खाले कुरा आइरहेको बेला आफूले सुपथ मूल्यमा गुण्स्तरीय मिठाई बेच्ने प्रमोदले बताए । 

उपभोक्ताले गुनासो गर्ने ठाउँ नदिने प्रमोदको दाबी छ । उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राख्ने प्रमोदले बताए ।
 





  • प्रकाशित मिति : कात्तिक २४, २०७८ बुधबार १३:३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया