सज्जाको ‘आई  मिस यु’ मा गरिमा र श्रेया

गायिका सज्जा चौलागाईंको स्वरमा समावेश  ‘आई  मिस यु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  यथार्थपरक यस गीतलाई गीतकार  राजश्री बस्न्यात श्रेष्ठले आफ्नै  जीवन भोगाइलाई समेटेर लेखेकी हुन् ।  

वरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यले संगीतवद्द गरेको यस गीतलाई गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन् । 

दुई  जना  सुन्दर जवान छोरीहरू गुमाउनु पर्दाको पीडालाई समेटेर तयार पारिएको म्युजिक भिडियोमा गरिमा शर्मा र श्रेया सिटौलाले छोरीहरुको भूमिका निभाएका छन् ।  उत्तम हुमागाईले छायांकन गरेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् ।

मनिक लाल श्रेष्ठ निर्माता रहेको भिडियोलाई गीतकार श्रेष्ठको परिकल्पना र निर्देशनमा तयार पारिएको हो ।  





  • प्रकाशित मिति : कात्तिक २४, २०७८ बुधबार १५:६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया