नेपाली पाठकलाई पाउलो कोएलोको भिडियो सन्देश, भने– मेरा कृतिलाई माया गरिदिएकोमा धेरैधेरै धन्यवाद

विश्वप्रसिद्ध ब्राजिलियन लेखक पाउलो कोएलोले आफ्नो कृति ‘हिप्पी’का नेपाली पाठकलाई भिडियो सन्देश पठाएका छन् । प्रकाशक फाइनप्रिन्टले हिप्पीको नेपाली अनुवाद सार्वजनिक गरेको सन्दर्भमा उनले उक्त सन्देश पठाएका हुन् । 

पाउलोले भिडियोको सुरुवातमा भनेका छन्, ‘यो दृश्य सामग्री नेपाली साथीहरूका लागि हो । म र मेरा कृतिलाई माया गरिदिएकामा तपाईंहरूलाई धेरैधेरै धन्यवाद ।’ पाउलोलाई अति मन पराउने लेखक बुद्धिसागरलाई समेत उनले सम्झिएका छन् । 

विश्वविख्यात लेखक पाउलोको पुस्तक अंग्रेजीमा पढ्न नसक्नेहरूका लागि ‘हिप्पी’को यो अनुवाद उपयोगी हुने लेखक बुद्धिसागरले बताए । ‘अन्तर्राष्ट्रिय पुस्तक आफ्नै भाषामा पढ्न पाउनु नेपाली पाठकका लागि खुसीको विषय हो,’ उनले भने । 

‘हिप्पी’को नेपाली संस्करण फाइनप्रिन्टले प्रकाशन गरेको हो । जीवनको गहिरो अर्थ खोज्न यात्रामा निस्किएको पाउलो नाम गरेका ब्राजिलियन केटाको कथा हो— हिप्पी । 

बोके दारी र लामो दारी पालेको पाउलोले याम्स्टड्र्याममा कार्ला नामकी डच युवतीलाई भेट्छन्, जो हिप्पी टे«ल पछ्याउँदै काठमाडौं जानका लागि साथी खोजिरहेकी हुन्छन् । उनीसँगै पाउलो काठमाडौंका लागि हिँड्छन्, म्याजिक बस चढेर । अनि सुरु हुन्छ, उनीहरूको जीवन परिर्वतन गर्ने प्रेमकथा । हिप्पीको नेपाली अनुवाद लेखक सुरेश बडालले गरेका हुन् । 

कोएले विश्वव्यापी रूपमा ६ करोड ५० लाख प्रति बिक्री भएको र ८० भन्दा बढी भाषामा अनूदित भएको द अल्केमिस्टका लेखक हुन् ।





  • प्रकाशित मिति : कात्तिक २४, २०७८ बुधबार १५:२६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया