नेपालले जित्यो बिकेएसपी कप वुमन फ्रेण्डसीप टी–२० सिरिज

आइसिसी वुमन्स टि–२० विश्वकप एसिया छनोट अघि बंगलादेश भ्रमणमा रहेको नेपाली महिला टोलीले सिरिज जितेको छ । 

बंगलादेश भ्रमणमा रहेको नेपाली महिला टोलीले बंगलादेशको क्रिरा शिक्षा प्रतिष्ठान (बिकेएसपी) सँगको तीन टि–२० अभ्यास सिरिज २–१ ले जितेको हो । 

अन्तिम तथा तेस्रो खेलमा नेपाली महिला टोलीले बिकेएसपीलाई ७ विकेटले हराउँदै  उपाधि आफ्नो पोल्टामा पारेको हो ।

जितको लागि ५३ रनको विजयी लक्ष्य पछ्याएको नेपाली महिला टोलीले १४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । 

नेपाली ओपनर काजल श्रेष्ठ १०, सीताराना मगर र इन्दु बर्मा ५–५ रनमा आउट भए । सरिता मगर १३ र कविता जोशी १४ रनमा अविजित रहिन् । बिकेएसपीकी रबिया खातुनले सर्वाधिक दुई विकेट लिइन् ।

त्यसअघि ढाकामा भएको टसमा बिकेएसपीले टस जितेर पहिला ब्याटिङ गर्दै १६.५ ओभरमा ५३ रनमा अल आउट भएको थियो । उसकी बोयनाले १८ बलमा २ चौका सहित १७ रनमा अविजित रहिन् । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर लिसा ८, दीक्षा ७ र दीपा ६ रनमा आउट भइन् । 



नेपालकी रुविना क्षेत्रीले ३ ओभरमा ६ रन खर्चेर ४ विकेट लिइन् । रुविना खेलको प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज चुनिएकी छिन् ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि–२० विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन् । 



छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ राष्ट्र सहभागी  हुनेछन् । 

नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ । 

  • प्रकाशित मिति : कात्तिक २४, २०७८ बुधबार १५:४४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया