बौद्ध क्षेत्रमा बढ्यो विदेशी पर्यटकको चहलपहल
महास्तुपाको भ्रमण गर्नेको संख्या पनि बढ्दै

कोभिड–१९ ले थलिएको नेपालको पर्यटन बजार विस्तारै चलायमान हुन थालेको छ । सरकारले नेपाल घुम्न आउने पर्यटकका लागि बाटो खुला गरेसँगै विभिन्न पर्यटकीय क्षेत्रमा विदेशीहरू देखिन थालेका हुन् । 

पछिल्लो समय पर्यटकीय गन्तव्य, हिमाल आरोहण, ट्रेकिङ तथा विश्व सम्पदा क्षेत्रमा विदेशी पर्यटक देखिन थालेका छन् । यसले नेपालको पर्यटन क्षेत्र तंग्रिएको पर्यटन व्यवसायी पल गुरुङ बताउँछन् । उनका अनुसार यो सिजनमा सोचे जस्तो नआए पनि पुरानो बुकिङकै पर्यटकहरू नेपाल आएका हुन् ।

यही हप्ता बौद्ध क्षेत्रमा विदेशी पर्यटकको घुँइचो लागेको छ । बौद्धनाथ क्षेत्र विकास समितिका सचिव तथा कार्यकारी प्रमुख बसन्त लामाले बौद्धमा घुम्न आउने विदेशी पर्यटकको संख्या वृद्धि भइरहेको बताए । उनका अनुसार दैनिक १ सयभन्दा धेरै विदेशी पर्यटकले बौद्ध क्षेत्र घुम्ने गरेका छन् । 

‘बौद्धमा भारतीय पर्यटकको विशेष घुमघाम देख्न सकिन्छ,’ उनले भने,‘अन्य विदेशी पर्यटकको तुलनामा भारतीय पर्यटकको संख्या धेरै छ । पशुपती नजिकै बौद्ध भएका कारणले पनि भारतीय पर्यटक बौद्ध आउने गरेको छ ।’ 

एमेइजिङ नेपालका सिटि गाइड अरिसुदन श्रेष्ठ श्रेष्ठले बुधबार बौद्धमा क्षेत्रमा स्लोभानियका ३० जना नागरिक घुमाउँदै थिए । गाइड श्रेष्ठले स्लोभानियका नागरिकलाई अंग्रेजी भाषामा बौद्धनाथको गरिमा र यसको ऐतिहासिक धरातलको विषयमा जानकारी गराएको फरकधारसँग बताए ।
  
साथै, युरोपियन विदेशीहरू पनि बौद्ध क्षेत्रमा देखिन थालेको उनको भनाइ छ । बौद्ध क्षेत्रमा रहेको पर्यटकस्तरका होटलहरूमा पनि विदेशी देखिन थालेका छन् । 



स्लोभानियका नागरिकलाई दुई हप्ताको एभरेष्ट क्याम्प ट्रेकिङ गराएर सिटी टुर गराउने क्रममा बौद्ध क्षेत्र भ्रमण गराएको श्रेष्ठको भनाइ छ । भ्यालीभित्रको हेरिटेज टुरअन्तर्गत बौद्ध आम विदेशीहरूको रुचिमा पर्ने गरेको उनले बताए । 

‘उपत्यकाको हेरिटेज साइड घुम्न चार दिन छ ।  तर, सबैको रुचि हुँदैन,’उनले भने,‘जो विदेशी पर्यटक हेरिटेज क्षेत्रमा घुम्छन् । सबैले अचम्म मानेर सोध्ने र टिपोर्ट गर्ने गर्छन् ।’



विदेशी पर्यटकलाई उपत्यकामा साइड सिनको रूपमा हेरिटेज क्षेत्रमा घुमाउने गरेको पर्यटन व्यवसायीको भनाइ छ । 

  • प्रकाशित मिति : कात्तिक २५, २०७८ बिहीबार १५:४४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया