नेपाल वायुसेवा निगम र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूबीच द्विपक्षीय सम्झौता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सक्रियतामा नेपाल वायुसेवा निगम र विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूबीच द्विपक्षीय सम्झौता भएको छ । 

उक्त सम्झौताले युरोपका विभिन्न शहरहरू, अस्ट्रेलियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत र बहराइनमा नेपाल एयरलान्यसको टिकटबाट जान पाइने जनाएको छ । 

साथै, निगमलाई थप आयआर्जन हुनको साथै अन्तर्राष्ट्रिय बजारमा निगमको शाख अभिवृद्धि गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
 
निगमको केन्द्रीय कार्यालय तथा ट्राभल एजेन्सीहरूमार्फत यस प्रकारका टिकट सहजै प्राप्त गर्न सकिनेछ । हालै निगमले गरेको सम्झौता अन्तर्गतका वायुसेवा कम्पनी र गन्तव्यहरू यी रहेका छन् :

यसको अलवा निगमले अमेरिकाका विभिन्न शहरमा यस प्रकारको सम्झौताबाट यात्रुहरूलाई सेवा प्रदान गर्न विभिन्न वायुसेवाहरूसँग समन्वय गरिरहेको जनाएको छ ।    





  • प्रकाशित मिति : कात्तिक २५, २०७८ बिहीबार १७:२७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया