नारायण गोपाल नचिनेकोमा करिश्माको पछुतो

अभिनेत्री करिश्मा मानन्धरले स्वर सम्राट नारायण गोपालसँगको तस्बिर शेयर गरेकी छिन् । नारायण गोपालसँगको तस्बिर शेयर गर्दै करिश्माले लेखेकी छिन्, ‘केही मिठो बात गर रात तेसै ढल्किँदै छ ।’ 

झण्डै ३० वर्षअघिको सम्झना गर्दै करिश्माले शेयर गरेको तस्बिरमा एक प्रयोग कर्ताले लेखेका छन, ‘रमाइलो कुरा गर सपनाको कुरा गर । सङ्गसङ्गै बिताएका सम्झनाका कुरा गर ।’ अशोक कुँवरले गरेको उक्त कमेन्टमा करिश्माले फोटो खिच्दाताका आफूलाई नारायण गोपालको बारेमा थाहा नभएको उल्लेख गरेकी छिन् । 

उनले त्यसबेला नारायण गोपाललाई नचिनेकोमा अहिले पछुतो मानेकी छिन् । करिश्मा लेख्छिन्, ‘त्यतिबेला थाहा नै थिएन नारायण गोपाल के हो ! अहिले पछुतो लाग्छ । एभरेस्ट होटलको एक समारोहमा भेटेको थिएँ ।’





  • प्रकाशित मिति : कात्तिक २६, २०७८ शुक्रबार १२:४९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया