जनप्रतिनिधिलाई ‘छोटे राजा’ भनेपछि वडाको सेवा नै ठप्प !

सल्यानको बागचौर नगरपालिका–४ का वडाध्यक्ष प्रेमबहादुर पुनले अनौँठो निर्णय लिएका छन् । आफ्नो र वडाको आलोचना गरेको भन्दै उनले स्थानीय दिलबहादुर केसीलाई सेवा बञ्चित गरेका हुन् ।

केसीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत वडाध्यक्ष र वडा सदस्यलगायत जनप्रतिनिधिहरूलाई ‘छोटे राजा’को संज्ञा दिएको हुँदा उनलाई वडाबाट दिइने सेवा सुविधाबाट बञ्चित गरिएको छ । 

‘केसीले कमजोरी नसच्याउँदासम्म वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरूमा प्रतिबन्ध लगाइएको छ,’ वडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पुन नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन् भने केसी पनि माओवादी केन्द्रकै कार्यकर्ता हुन् ।

के हो घटना? 

घटना विवाहसँग जोडिन्छ । केसीका भाइले सात महिनाअघि गाउँकै एक किशोरीसँग विवाह गरेका थिए । किशोरी सोही वडाका वडा सदस्यका आफन्त हुन् ।



तर आफ्ना भाइविरुद्ध बलात्कारको मुद्दामा फसाउने षड्यन्त्र भएको भन्दै केसी वडासँग रुष्ट भएका थिए ।  ‘विवाह भएको कुरा वडाध्यक्षलगायत सबैलाई थाहा थियो । विवाह हुँदा नखोज्ने तर सात महिनापछि बलात्कारको मुद्दा हाल्न लगाउनु कति जायज हो,’ केसीले भने ।

कानुनी रूपमा २० वर्षभन्दा कम उमेरमा विवाह गर्न पाइँदैन । तर, सांस्कृति रूपमा विवाह सम्पन्न भइसकेपछि कसैलाई फसाउन खोज्नु गलत भएको केसीको दाबी छ ।  



  • प्रकाशित मिति : कात्तिक २७, २०७८ शनिबार ७:४१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया