गोरखामा बाबुराम दम्पत्ति : श्रीमान् धान झाँट्दै, श्रीमती कोदो केलाउँदै

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी तथा पार्टीकै नेत्री हिसिला यमी अहिले गृहजिल्ला गोरखामा छन् । उनीहरू त्यहाँ कार्यकर्तादेखि स्थानीयसँगको घेटघाटमा व्यस्त छन् । 

सामाजिक सञ्जालमा सक्रिय रहने बाबुराम दम्पत्तिले स्थानीयको धान र कोदोबाली भित्र्याउन पनि सघाइरहेको छ । शुक्रबार बाबुरामले आफूले धान झाँट्दै गरेको र हिसिलाले कोदो केलाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

‘बुढा धान झाँट्दै, बुढी कोदो केलाउँदै,’ बाबुरामले लेखेका छन् । 





  • प्रकाशित मिति : कात्तिक २७, २०७८ शनिबार ८:४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया