देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार बस्ने बैठकको एजेन्डा तय गर्न पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । 

सहमहामन्त्री डा. प्रकाशशरण महतले बैठक ९ बजेपछि देउवा निवास बूढानीलकण्ठमा बस्ने भएको बताए । 

देउवाले आइतबारको बैठकमा प्रस्तुत गर्ने एजेन्डाबारे आजै पदाधिकारी बैठकमा सहमति जुटाउन लागेका हुन् । 

बैठकको एजेन्डा अनसनरत रौतहटका नेताकार्यकर्ताको माग सम्बोधन र डडेल्धुरामा देखिएको विवाद टुंग्याउने विषय समावेश हुनुपर्ने पक्षमा संस्थापनइतर समूह छ ।  





  • प्रकाशित मिति : कात्तिक २७, २०७८ शनिबार ९:६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया