जलवायु परिवर्तन बुझ्न हिमाली क्षेत्रमा जाँदै तीन देशका राजदूत

जलवायु परिवर्तनबारे बुझ्न तीन देशका राजदूत हिमाली क्षेत्रमा जाने भएका छन् । नेपालका लागि अमेरिकी, बेलायती र अस्ट्रेलियन राजदूत हिमाली क्षेत्रको भ्रमणमा जान लागेका हुन् । 

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी, बेलायती राजदूत निकोला पोलिट र अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्क आउने साता हिमाली क्षेत्रको भ्रमणमा निस्किन लागेका हुन् ।

मुगुको रारा तालसम्म भ्रमण निस्किने उनीहरूले जलवायु परिवर्तन तथा यसले हिमाली क्षेत्रका बासिन्दा र वातावरणमा पारेको असर लगायतका विषयमा समेत अध्ययन गर्नेछन् । 

भ्रमणको क्रममा जलवायु परिवर्तनले पारेको असर न्यूनिकरण गर्न तत्काल गर्नुपर्ने कामहरूबारे जनचेतना जगाउने समेत कार्यक्रम रहेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । त्यसका लागि तिनै देशका राजदूतहरूबीच छलफल भएको थियो । 

भ्रमणको क्रममा उनीहरूले स्थानीयवासिन्दा, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा स्थानीय राजनीतिक दलहरूसँग समेत अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।





  • प्रकाशित मिति : कात्तिक २७, २०७८ शनिबार १३:१६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया